७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य तराईमा राज गर्दै पूर्वराजा



अ+ अ-

काठमाडौं । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्कनु भएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेट गर्नुभएको छ ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गर्नुभएको थियो ।

केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल , निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ ।