२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी डाक्टरको यस्तो चर्तिकला, काम नै नगरी छ लाख तलब खाँदै



अ+ अ-

काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा संचालित चितवनस्थित भरतपुर आँखा अस्पतालमा डा। रघुनन्दन बेन्जुलाई मनोमानी गरेको आरोप लागेको छ । डा। बेन्जुलाई अस्पतालमा कार्यरत त्यहाँ अन्य डाक्टर र कर्मचारीले यस्तो आरोप लगाएका हुन् । जनप्रहार सप्ताहिकमा खबर छ ।

बिगत ६ बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत डा. बेन्जुको मनोमानीको सीमा नाघेपछि त्यहाँका कर्माचारी र डाक्टरले आवाज उठाउन थालेका हुन् ।

डा. बेन्जु रेटिना स्पेललिस्टका साथै चिफ मिडिकल डाईरेक्टर पनि हुन् । डा. बेन्जु विदेशी तालिम र राम्रो भत्ता भएको शिविरमा आफै जाने, तर दुर्गम र कम भत्ता भएको क्षेत्रमा भने अन्य डाक्टरलाई पठाउँदै आएको त्याहाका एक पीडित डाक्टरले बताए । सुविधा कम भएको ठाँउ जस्तै थोरी, सिम्रौनगढ, माडीलगायतमा डाक्टर बेन्जुले अन्यलाई खटाउँदै आएका छन् ।

भैरहवा आँखा अस्पालमा कार्यरत डा. बेन्जु सुरुमा ४ लाख तलव खाने गरी भरतपुर अस्पतालमा आएका थिए । अहिले डा. बेन्जुले ६ लाख तलब कामै नगरी खाँदै आएका छन् । घर जान तथा व्यक्तिगत भ्रमणका खर्च र हवाई जहाज भाडा समेत डा। बेन्जुले अस्पतालबाट भराउँदै आएको स्रोतले बतायो ।

बिगत दुई बर्षदेखि डा. बेन्जुले अस्तालमा समय नदिई बाहिर बाहिर हिड्न तर कार्यालय आए पनि दुई बजेपछि झुल्कीने गर्दै हाजिरचाहिँ फुल टाईमको गर्ने गरेका छन् । आईपिबि भन्ने एक सस्थानले डा। बेन्जुलाई (आई हेल्थ हिरो) भनेर सम्मान गरेपछि झन उनको भूईमा खुट्टै नभएको उनका अस्पतालका डाक्टर बताउँछन् ।

भैरहवा अस्पतालका कर्मचारीले भौतिक कारवाही गर्ने तयारी गरेपछि डा। बेन्जु एमालेका केही नेतालाई सेटिङ मिलाएर भरतपुर आउन सफल भएका थिए ।