७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँमा घरैपिच्छे धारा



अ+ अ-

जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो ।

स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको छ । उहाँले भन्नुभयो, “पानी भर्न महिलाको समय धेरै पर्खेरै जान्थ्यो, अहिले त्यो समस्याबाट मुक्ति मिलेको र कार्यबोझ घटेको छ ।”

माथिकुडुका स्थानीय देवेन्द्र शाहीका अनुसार हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएर सबैका करेसाबारीमा पनि सिँचाइ गर्न थालिएको छ । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताउनुभयो ।सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उहाँले बताउनुभयो ।

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाका अनुसार हरेक घरमा धारा भएपछि महिलाको कार्यबोझमा न्यूनीकरण आएको छ । गाउँपालिकाकाले सबै घरमा एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडामा योजना सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।