२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँमा घरैपिच्छे धारा



अ+ अ-

जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो ।

स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको छ । उहाँले भन्नुभयो, “पानी भर्न महिलाको समय धेरै पर्खेरै जान्थ्यो, अहिले त्यो समस्याबाट मुक्ति मिलेको र कार्यबोझ घटेको छ ।”

माथिकुडुका स्थानीय देवेन्द्र शाहीका अनुसार हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएर सबैका करेसाबारीमा पनि सिँचाइ गर्न थालिएको छ । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताउनुभयो ।सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उहाँले बताउनुभयो ।

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाका अनुसार हरेक घरमा धारा भएपछि महिलाको कार्यबोझमा न्यूनीकरण आएको छ । गाउँपालिकाकाले सबै घरमा एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडामा योजना सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।