७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई वेस्टहामले दियो झट्का, उपाधि होड रोचक मोडमा



अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई वेस्टहाम युनाइटेड
बराबरीमा रोकेको छ ।

सोमबार राति वेस्टहामको घरेलु मैदानमा भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका लागि साडियो माने र वेस्टहामका लागि मिचेल एन्टोनियोले गोल गरेका थिए ।

खेलको २२औं मिनेटमा लिभरपुलले मानेको गोलबाट अग्रता लिएको थियो । मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाएपनि
वेस्टहामले उक्त अग्रता २८औं मिनेटमै तोडेको थियो । वेस्टहामका मिचेल एन्टोनियोले गोलगर्दै खेललाई बराबरीमा ल्याए ।

उनले फिलिपे एण्डरसनको फ्रिकिक पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिभरपुलले लगातार गोलको अवसर बनाएपनि गोल गर्न सकेन । मोहमद सलाह र साडियो माने पटक पटक चुक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै लिभरपुलले २५ खेलबाट ६२ अंक बनाएको छ । ३२ अंक बनाएको वेस्टहामा १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक छ ।