७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोली र अध्यक्ष प्रचण्डको भेटघाट, टोलीले विश्वमै नेपालको इज्जत बढायो : अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भेटघाट गरेका छन् ।

प्रचण्डले यूएईबाट फर्किएको टोलीलाई मंगलबार खुमलटारस्थित निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका हुन् ।

भेटघाटको क्रममा उनले नेपाली टोलीले विश्वमा नै नेपालको इज्जत बढाएको र देश समृद्धिको यात्रामा अघि बढिरहेको बेलामा राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सोमबार फर्किएको टोलीको स्वागतमा राष्ट्रिय खेलकूद परिषद् (राखेपा) ले रातो कार्पेट बिछ्याएको थियो । स्वागतका लागि सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले क्रिकेट टोलीका खेलाडिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रति खेलाडि जनहि १०/१० हजार रकम समेत प्रदान गरेका थिए ।