२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह



अ+ अ-

टोकियो । जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीया कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ ।

चिनीया विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा मर्केलको उक्त भनाइ आएको हो ।

टोकियोको कायो विश्वविद्यालयमा मङ्गलबार आयोजित समारोहमा सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको बताउनुभयो । उहाँले पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल ९५जी० निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शङ्का उब्जाएको पनि बताउनुभयो ।

जर्मनीले अझै पनि विवेकी अवधारणा अबलम्बन गरिरहेको छ । जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाइएको जनाएको छ ।

तर मर्केलले हुवावेमा सङ्ग्रह हुन सक्ने विवरणहरु चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले कम्पनीका विवरणहरु सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक छ भन्नुभयो ।

हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ । खासगरी हुवावेका उपकरणहरु विकासशील मुलुकहरुमा बढी बिक्री भएका छन् । कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रुपमा विस्तार भएको हो ।

तर पश्चिमा धेरै मुलुकहरु सुरक्षा खतरालाई लिएर हुवावेका विरुद्धमा उभिएका छन् । खासगरी, चीनको कानुनमा रहेको मुलुकभित्रका सबै कम्पनीले गुप्तचर निकायलाई सहयोग गर्नुपर्ने अनिवार्य प्रावधानका कारण पश्चिमा मुलुकहरु हुवावेको सेवाप्रति सशंकित भएका हुन् ।

हुवावेले आफ्ना उपकरण जासुसी कार्यहरुमा प्रयोग गर्न नसकिने भन्दै पश्चिमा मुलुकको दाबीलाई अस्वीकार गरिरहेको छ ।

जर्मन चान्सलर मर्केलले भन्नुभयो, “यो विषयमा निरन्तर बहस हुनु जरुरी छ र यस सम्बन्धमा संयुक्तराज्य अमेरिकासँग पनि छलफल आवश्यक छ ।”

उहाँले बढ्दो आर्थिक समृद्धिको अर्थ चीनले शान्तिपूर्ण विश्व निर्माणका लागि आफ्नो काँधमा बढी दायित्व छ भन्ने पनि बुझ्नु आवश्यक छ भन्नुभयो ।

जर्मन चान्सलर मर्केल हाल जापानको दुई दिने भ्रमणमा हुनुुहुन्छ । उहाँले यसअघि नै जापानका प्रधानमन्त्री शिन्जो आबे र जापानी सम्राट अकिहितोसँग भेटवार्ता गरिसक्नुभएको छ । उहाँले मङ्गलबार नै जापानी र जर्मन व्यापारिक समुदायसँग छलफल गर्नुहुने छ ।