७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन काण्ड : युएईमा गोरेका साथी हरिशरण खड्का पक्राउ



अ+ अ-

काठमाडौँ । युएई प्रहरीले नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्करका आरोपी हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

युएई प्रहरीले खड्का विरुद्धका कानूनी कागजपत्र माग गरेको र नेपाल एनसिबीमा उक्त कागजात पठाउने तयारीमा आफुहरु रहेको इन्टरपोलको काठमाडौँ इन्चार्ज एसपी उमेशराज जोशीले बताएका छन् ।

दुबई ( युएई)मा पक्राउ परेका छन्, त्यहाँको कानूनी प्रक्रिया पुरा गरि नेपाल ल्याउने छौं,’ एसपी जोशीले भने, ‘सबै प्रक्रिया पुरा गर्न ८०–९० दिन लाग्न सक्छ।’

एसपी जोशीका अनुसार विशेष अनुसन्धान टोलीले खड्काको संलग्नता सहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो । सो प्रकरणमा मुछिएपछि खड्का नेपाल छाडेर दुबई बस्दै आएका थिए ।

खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत मुछिएका थिए ।

यसअघि सोही मुद्दामा दुबईबाट पक्राउ गरी प्रहरीले बेनु श्रेष्ठलाई नेपाल ल्याएको थियो । गिरोहका नाइकेमध्ये एक चुणामणि उप्रेती ‘गोरे’का भाई पनि दुबईमा पक्राउ परेकोमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । खड्का पनि गोरेका प्रमुख साझेदार हुन् ।