२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप, मीनभवन क्याम्पसका सभापति सहित छ जना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको शन्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेर छ ।

सरकारले चिकित्सा शिक्षा विधेक जबर्जस्ति पारित गरेको र निर्मला पन्तका हत्यारालाई छ महिना हुदा पनि सार्वजनिक नगरेको भन्दै मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिनाको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले छ जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको हो ।

नेपाल विद्यार्थी संघका नेता तथा आर आर क्याम्पसका सचिव अनुराग शाहका अनुसार गिरफ्तार पर्नेमा मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना, स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा,सुनिल सोडाई, सुबाश अधिकारी, हृदय राज मिश्र रहेका छन्।

शाहका अनुसार गिरफ्तार भएका सबै नेताहरूलाई अहिले गौशला प्रहरी चौकिमा राखिएको छ।

नेपाल विद्यार्थी संघले सरकारले निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक नगरे र चिकित्सा शिक्षा विधेक खारेज नगरे आन्दोलन जारी राख्ने शाहले बताए।