१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका अध्यक्ष नैनसिंह महर काठमाडौंको वानेश्वरबाट पक्राउ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित केहि नेता विद्यार्थी काठमाडौंको वानेश्वरबाट पक्राउ परेका छन् ।

शनिवार पोखरामा सरकारी गाडीमाथि आगजनी गरिएको सम्बन्धमा नेविसंघका विद्यार्थीमाथि झूटा मुद्दा लगाएको भन्दै संघले प्रदर्शन गरिरहेका बेला अध्यक्ष महरसहित विद्यार्थीलाई पक्राउ गरिएको नेता अनुराग शाहले बताए ।

उनका अनुसार अध्यक्ष महर, उपाध्यक्ष नविन राई र नेता सञ्जीव खड्कालाई पक्राउ गरिएको छ ।

शाहले बिना सर्त सरकारले पक्राउ परेकाहरुलाई छोड्नु पर्ने बताए । उनले पक्राउ परेकाहरुलाई नछाडे सरकारविरुद्ध डटेर प्रदर्शन जारी राख्रने चेतावनी समेत दिएका छन् ।