७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीको खूद नाफा करिब १० अर्ब डलर



अ+ अ-

लन्डन । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो ।

सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ ।