७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्ची अपहरण गर्ने गुप्ता पक्राउ



अ+ अ-

काठमाडौँ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनुभयो । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए ।

गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् ।