२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा



अ+ अ-

वासिङ्टन । उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता कीम जङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गर्नुहुनेछ । उहाँले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी कीम ह्योक–चोनसँग भेटवार्ता गर्नुहुनेछ । नवनियुक्त कीम यसअघि उत्तर कोरियाका लागि स्पेनको राजदूत हुनुहुन्थ्यो ।

दुबैबीच राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ ।

विदेश मन्त्रालयको वक्तव्यमा दुबै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ ।

बाइगन दक्षिण कोरियाली अधिकारीहरुसँग छलफल गर्न आइतबार सियोल पुग्नुभएको थियो ।

आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुबै पक्षले अपेक्षा गरेका छन् ।

यद्यपी, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ ।