१४ भाद्र २०८३, आईतवार
,
Latest
मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग पाकिस्तानले युद्ध होईन वार्ता चाहन्छ : पाकिस्तानी राजदूत जावेद



अ+ अ-

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यामबाट समाधान गर्नुपर्ने बताएका छन् ।


नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो मुलुकको धारण पनि यस्तै रहेको भन्दै भारतीय पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

उनले सन् १९४७ देखी हालसम्म जारी युद्धको क्रममा आफ्नो देशको हजारौं नागरिक मारिसकेको बताउदै वर्ताबाट समस्या समाधान गर्न सुझाव दिएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउने गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदूतहरुलगायतको उपस्थिति रहेको थियो ।