२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा हराए १२ लाख विद्यार्थी



अ+ अ-

काठमाडौं । शैक्षिक सत्र २०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।
सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा शैक्षिक सत्र २०७६ का लागि तय गरेको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले हचुवाको भरमा तथ्याङ्क निकाल्ने गरेको देखिएको छ। फ्ल्यास रिपोर्टअनुसार तत्कालीन शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई करिब ६८ लाख विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएको थियो। केन्द्रका अनुसार गत वर्ष ६८ लाख ७ हजार ५ सय ५२ विद्यार्थी स्कुलमा उपस्थित थिए।

तर शैक्षिक सत्र २०७५ मा यो संख्यामा १२ लाखले घटेर ५६ लाखको हाराहारीमा पुगेको छ। केन्द्रले दिएको तथ्याङ्कअनुसार शैक्षिक सत्र २०७६ का लागि ५६ लाख ९ हजार ५ सय ९३ विद्यार्थी रहने जनाएको छ। चालू आर्थिक वर्षमा ११ लाख ९७ हजार ८ सय ५९ विद्यार्थी कम रहेका छन्।

कहाँ हराए गत वर्ष भर्ना भएका करिब १२ लाख विद्यार्थीरु यो विषयमा केन्द्रले कुनै उत्तर दिन सकेको छैन। केन्द्रका शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक गोविन्दप्रसाद शर्माले विद्यार्थीको एकिन तथ्याङ्क निकाल्दा केही घटेको हुनसक्नेबताए ।