२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले लिए सपथ



अ+ अ-

चितवन ।नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन: केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको सपथ गराउनुभयो । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।

कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८३७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए । निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी  शाक्यलगायत छ जना निर्वाचित हुनुभएको छ भने सो पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गर्नुभएको छ । भुसालले ७२५ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई,  टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित हुनुभएको छ । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको थियो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।रासस