५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकीकरण अन्यौलमा, महासचिव नै सम्पर्क विहिन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । ‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेको भन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् ।’

उनले कार्यदल कार्यादेश पूरा गर्न असफल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे ।

९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ ।

बिहीबार बैठकको आश्वासन
बैठक नबोलाइएकोमा आक्रोशित सदस्यहरूलाई बादलले बिहीबार बैठक राख्ने आश्वासन दिएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू योगेश भट्टराई, लेखराज भट्ट र सुरेन्द्र पाण्डेसँगको अनौपचारिक संवादमा बादलले बिहीबार दिउँसो २ बजे बैठक बस्ने आश्वासन दिएको एक सदस्यले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।