३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक समितिमा ५२ उजुरी दर्ता



अ+ अ-

काठमाडौँ । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता भएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा समितिमा ५२ उजुरी दर्ता भएको हो । तीमध्ये आठ उजुरी मिलापत्रको माध्यमबाट समाधान गरिएको र बाँकीको समाधानका लागि छलफल र सहमतिको प्रयास भइरहेको नगरपालिका उपप्रमुख भवानी डोटेलले जानकारी दिनुभयो ।

आव २०७४÷७५ मा समितिमा परेको ६२ उजुरीमध्ये १९ उजुरी मिलापत्रका माध्यमबाट समाधान गरिएको थियो भने बाँकी ३० उजुरीको सुनुवाइ अझै हुन सकेको छैन । समयमा नै उजुरी फछ्यौट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा नै आउने गरेका छन् । समितिमा आउने अधिकाँश उजुरीे साँध–सिमानाका छन् ।