२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको एकता महाधिवेशन आजबाट सुरु हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन मा  झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

यो महाधिवेशनले राप्रपाको नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापार पूर्व महामन्त्री एवं राप्रपामा एक मात्र सांसद राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई अध्यक्षहरु पशुपतिशमशेर राणा मौन जस्तै रहनु भएको छ भने डा. प्रकाशचन्द्र लोहनीले लिङदेनलाई सार्थन गर्नुभएको छ । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ  ।

कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशनका रुपमा लिएको छ । कुल १९९ सदस्य कार्य समितिमा अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।राप्रपाले राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको छ ।