७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एक डाक्टरको भरमा अस्पताल

एक डाक्टरको भरमा अस्पताल
अ+ अ-

रुकुम पश्चिम । मुसीकोटस्थित जिल्ला अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । सामान्य स्वास्थ्य समस्यादेखि जटिल बिरामीको चाप एक जना डाक्टरको काँधमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

अस्पतालमा प्रमुखसहित दुई डाक्टरको दरबन्दी भए पनि अहिले अस्पताल प्रमुख डा. सुशील पोखरेलमात्रै छन् । एक जना डाक्टरको सरुवा भएको छ ।

अर्का एकरदुई महिनादेखि तालिममा छन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको अस्पतालको भनाइ छ । ‘कार्यालयको कामदेखि बिरामी जाँचसमेत आफैं गर्नुपर्छ,’ डा। पोखरेलले भने, ‘एक जनाले सबैतिर भ्याउनुपर्दा कसरी राम्रो सेवा दिन सकिन्छ रु’ व्यस्तताले व्यक्तिगत जीवनसमेत अस्तव्यस्त हुनुका साथै आराम गर्ने समय मिलाउनै नसकिएको उनले बताए ।

अस्पतालमा बिहान १० देखि २ बजेसम्म बहिरंग सेवा चल्छ । अन्तरंग सेवा भने २४ सै घण्टा चालु हुन्छ । सामान्य स्वास्थ्य समस्याका बहिरंगका बिरामीलाई अन्य स्वास्थ्यकर्मीले जाँचे पनि अन्तरंगमा भर्ना भएकालाई डाक्टर आफैंले हेर्नुपर्छ । ‘त्यसमाथि बिरामीको यत्रो चाप छ, कसरी भ्याउनु रु’ उनले भने, ‘कामको रापले आफंै बिरामी भइएलाजस्तो छ ।’

बिरामीको चाप हेरेर अस्पतालमा दरबन्दी थप्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसमाथि अहिले भएकै दरबन्दीका समेत छैनन् । जनसंख्या वृद्धिको अनुपातमा अस्पतालको स्तरोन्नति र जनशक्ति थप्नुपर्नेमा भएको पनि कम हुँदै गएको डा। पोखरेल बताउँछन् । ०४५ सालमा स्थापना भएको अस्पतालमा जनशक्ति अभावमा पोस्टमार्टम सेवासमेत प्रभावित भइरहेको छ । डाक्टर अभावबारे अस्पतालले प्रदेशदेखि संघीय सरकारलाई जानकारी गराएको छ ।

पटक–पटक डाक्टर पठाइदिन भन्दै लिखित अनुरोधसमेत गरिएको उनले सुनाए । तर अहिलेसम्म डाक्टर आउने अत्तोपत्तो छैन । संघीय सरकारले पठाएका एक डाक्टर पनि सुर्खेतस्थित प्रदेश अस्पतालमै छन् उनले जानकारी दिए । ‘नजिकको प्रदेश सरकारले त समस्या सुन्नुपर्ने हो, झन् उल्टै माथिबाट आएकालाई पनि प्रदेश अस्पतालमै राखिदियो ।’

अस्पतालले भोगिरहेको समस्यालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलले महसुस गर्न नसक्दासमेत समस्या झन् लम्बिइरहेको अस्पतालको भनाइ छ । आफ्नातर्फबाट पर्याप्त पहल गरे पनि राजनीतिक दबाब नपुग्दा डाक्टर आउन नसकेको पोखरेलको भनाइ छ । ‘स्थानीय तहका जनप्रतिनिधि र यहाँका सांसद–मन्त्रीको ध्यान नपुगेजस्तो छ,’ उनले भने, ‘यसको मार यहाँका जनताले खेपिरहेका छन् ।’