७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभानीको गोलमा पीएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले बोर्डेक्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीको कठिन जितमा एडिन्सन काभानीले गोल गरे । काभानीले ४२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यद्यपी काभानी दोस्रो हाफमा तिघ्राको चोट बोल्दै मैदानबाट बाहिरिए ।

पीएसजीले काभानीको स्थानमा आराम दिईएका केलियन एमबाप्पेलाई उतारेको थियो । शनिबारनै अर्का खेलाडी थोमस मुनिएर पनि टाउकोमा चोट लागेर बाहिरिएका थिए ।

यसअघिको खेलमा चोटकै कारण नेमारलाई गुमाएको पीएसजीलाई आगामी खेल थप कठिन हुने देखिएको छ । पीएसजीले च्याम्पियन्स लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

बोर्डेक्ससँगको जितसँगै पीएसजीले २२ खेलबाट ५९ अंक बनाएको छ । २८ अंक बनाएको बोर्डेक्स १३औं स्थानमा छ ।