३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् शोरुम उद्घाटन गर्न हेलिकप्टर चार्टर गर्ने मुख्यमन्त्री



अ+ अ-

ओखलढुंगा । दुई तिहाईको कम्युनिष्ट सरकारको चर्तिकला देखेर वाकदिक्क भइरहेको बेला प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अच्चमको चर्तिकला देखाएका छन् ।

मुख्यमन्त्री राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटनका लागी हेलिकप्टर चार्टर गरेर ओखलढुंगा पुगेका हुन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएका हुन् ।

प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित पत्तालेमा हेलिकप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमशृंखलाको अवलोकन गर्दै रुम्जाटार आएका थिए ।

रुम्जाटार विमानस्थलमा समिट हेलिकप्टरबाट दिउँसो रुम्जाटार साढे १२ बजे आएर शोरुम उद्घाटनपछि साढे ४ बजे काठमाडौं लागेका थिए ।

रुम्जाटार अटोमोबाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई कम्पनीको शोरुम उद्घाटन गर्न आएका हुन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय नपुगी दिनभरि बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् ।