बुटवल । आफ्नै १३ वर्षीया नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको आरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् । नाम थर नखुलाईएको ती बृद्धलाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।