२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बच्चाहरुलाई किन लगाइँदैछ कुखुराको रगतको सुई ?



अ+ अ-

एजेन्सी । विश्वभरमा चीनका मानिसहरु आफ्ना अचम्मका खानपान तथा जीवनशैलीले परिचित छन् । 

भन्ने गरिन्छ चीनमा मानिसहरु जे पनि खाने गर्छन् । हालै चीनमा एक यस्तो घटना बाहिर आएको छ जसको विश्वभर चर्चा भइरहेको छ । यहाँ मानिसहरु बच्चाहरुलाई कुखुराको रगतको इन्जेक्शन(सुई) लगाइरहेका छन् । यो सुनेर तपाईलाई अचम्म लाग्न सक्छ, तर यो सत्य रहेको छ । यसबारे थप चर्चा गरौं । 

चीनमा मानिसहरु बच्चालाई कुखुराको रगतको सुई यसकारण लगाइरहेका छन् ताकि बच्चाहरु स्वास्थ्यसँग सम्बन्धित समस्याहरुबाट छुटकारा पाउन सकुन् । चीनमा आमा–बुबा बच्चाहरुलाई ‘सुपर किड’ बनाउने आडमा यस्तो अचम्मको क्रियाकलाप गरिरहेका छन् । 

यसप्रकारको प्रयोग चीनमा धेरै दिनदेखि चलिआएको छ । एक मिडिया रिपोर्ट अनुसार चीनमा आमा–बुबा बच्चाहरुको शरीरलाई फुर्तिलो बनाउनका लागि कुखुराको रगतको सुई लगाइरहेका छन् । यसका अलावा यो समेत दाबी गरिएको छ कि यसबाट बच्चाहरुमा स्वास्थ्य सम्बधित समस्याहरु हराएको पनि बताइएको छ । 

रिपोर्ट अनुसार यो इन्जेक्शन लगाएपछि क्यान्सर र कपाल खुइलिने समस्या पनि टाढा हुने उल्लेख गरिएको छ । कुखुराको रगतमा स्टेरयड पाइने हुनाले बच्चाहरुमा पढाई र खेलकुदमा पनि तेज बन्ने जिकिर गरिएको छ । जसकारण चीनमा बच्चाहरुलाई कुखुराको रगतको इन्जेक्शन लगाउने होडबाजी नै चलेको छ ।