११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

नेकपामा भद्रगोल, कार्यविभाजन लम्बिएको लम्बियै

नेकपामा भद्रगोल, कार्यविभाजन लम्बिएको लम्बियै
अ अ+ अ-

काठमाडौं । नेकपामा ४४१ जनाको ‘जम्बो’ केन्द्रीय समिति छ। आमन्त्रित स्थायी समिति सदस्यलाई पनि जोड्ने हो भने यो संख्या ४५१ पुग्छ। तर केन्द्रीय नेताको कामको टुंगो छैन। एकीकरणपछि नेकपाले नेतालाई काम बाँडफाँट गर्न सकेको छैन। संसदीय भूमिका र पार्टी जिम्मेवारी दुवै नभएका २४९ नेता केन्द्रीय समितिमा छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका ती नेताहरू कामविहीन छन्। नीति निर्माण तहका झण्डै ५५ प्रतिशत नेता कामविहीन बन्दा पार्टी नै ‘प्यारालाइसिस’ को अवस्थामा छ। नेकपा स्थायी समिति सदस्य मणि थापा पार्टी एकता यताको अवस्थालाई नेकपा भित्रको ‘ग्रहदशा’ को रूपमा अथ्र्याउँछन्।

‘नेकपाको ग्रहदशा जस्तै गरी बितेको छ, यो ९ महिना’ थापाले अन्नपूर्णसँग भने, ‘यो अवधि कसरी गुज्रियो भन्ने जवाफ छैन।’ पार्टीभित्रको यस्तो अवस्थाले कम्युनिस्ट आन्दोलनलाई नै गम्भीर धक्का पुर्‍याइरहेको उनको टिप्पणी छ।

आमन्त्रितसहित ४५१ सदस्य रहेको केन्द्रीय समितिका १०७ नेता प्रतिनिधिसभामा छन्। सभामुख, उपसभामुख, हृदेयश त्रिपाठी र वृजेशकुमार गुप्तासहित प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। प्रतिनिधिसभाका ६३ सांसदवाहेकका अन्य नेता केन्द्रीय समितिमा छन्। राष्ट्रियसभामा नेकपाका ४२ सांसद छन्। तीमध्ये ९ जना केन्द्रीय समितिमा छन्। सचिवालायका २ नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै संसदीय भूमिकामा छैनन्। प्रवक्ता श्रेष्ठले यदाकता काम पाए पनि गौतमसँग ठोस जिम्मेवारी छैन।
स्थायी समितिका गणेश शाह, मणिचन्द्र थापा, युवराज ज्ञवाली, लिलामणि पोखरेल, रघुजी पन्त, वेदुराम भुषाल र विष्णु रिमाल संसद्मा छैनन। रिमाल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार छन्। भुषालले पनि बेला-बेला पार्टीले बनाउने कार्यदललगायत विधान मस्यौदा बनाउन जिम्मेवारी पाए।

बाँकी ५ नेतालाई पार्टीले न कुनै जिम्मेवारी दिएको छ, न कुनै विषयमा छलफल, परामर्श नै गरेको छ। पोलिटब्युरो बनाउनै सकेको छैन। केन्द्रीय तहमै रहने गरी विधानमा ब्यावस्था भएको तीनवटा आयोग ९अनुशासन, लेखा र निर्वाचन० गठन भएको छैन। केन्द्रीय तहका ३२ विभाग पनि नेकपाले बनाएको छैन।

पार्टी केन्द्रीय समितिका ५८ नेता प्रदेश सभामा सांसद छन्। स्थानीय तह भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश पार्टी जिम्मेवारीमा सांसद नभएकाबाहेक ११ जना (२८ जना पदाधिकारीमा अन्य सांसद भएका), पार्टी अध्यक्ष र केन्द्रीय कार्यालयमा ४ जना र राजनीतिक नियुक्तिमा ११ जना नेता छन्।

यसो गर्दा कुल २०२ जना केन्द्रीय सदस्यले कुनै न कुनै भूमिकामा आफूलाई ब्यस्त बनाउने ‘मेलोमेसो’ पाएका छन्। केन्द्रीय नेता नै ‘पिए’ देखि आयोग अध्यक्ष र सल्लहाकारसम्म नेकपाका ११ केन्द्रीय नेता राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीका सल्लहाकार, पिएसम्म छन्। केही नेताले भने विभिन्न आयोग, परिषद्का अध्यक्ष, उपाध्यक्षमा राजनीतिक नियुक्ति पाएका छन्।

राजनीतिक नियुक्ति लिनेमा लालबाबु यादव राष्ट्रपतिका राजनीतिक तथा सामाजिक सल्लहाकार, विष्णु रिमाल प्रधानमन्त्रीका मुख्य सल्लहाकार, अच्यूतप्रसाद मैनाली प्रधानमन्त्रीका जनसम्र्पक सल्लहाकार, राजन भट्टराई प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार, दुर्गाप्रसाद चापागाई, ऊर्जा तथा सिँचाई मन्त्रीका स्वकीय सचिव, सुकबहादुर रोका उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव, सूर्यप्रकाश सुवेदी गृहमन्त्रीका विज्ञ सल्लहाकार र जीवन गौतम शिक्षा मन्त्रीका विज्ञ सल्लहाकार नियुक्ति खाएका छन्। त्यसैगरी माधव ढुंगेल राष्ट्रिय युवा परिषद् उपाध्यक्ष, नेताहरू विष्णुप्रसाद चौधरी थारु आयोग अध्यक्ष र समिम मियाँ अन्सारी मुस्लिम आयोग अध्यक्षमा सिफारिस भएका छन्।

सांसदसमेत रहेका सोमप्रसाद पाण्डेको संयोजकत्वमा नेकपाका २ केन्द्रीय सदस्य सुरेश आलेमगर र लिलाकुमार भण्डारी समेतलाई सहभागी गराइ सरकारले उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाइ राजनीतिक नियुक्ति दिएको थियो। यद्यपी, यसको कार्यअवधि सकिएको छ।

कार्यविभाजन लम्बिएको लम्बियै

केन्द्रीय नेताको कार्यविभाजन प्रक्रिया नेकपामा लम्बिएको-लम्बियै छ। तत्कालीन एमाले-माओवादी बीचमा एकता भएर नयाँ पार्टी गठन भएकै ९ महिनासम्म नेताहरूको कार्यविभाजन छैन। कमिटीमा भएका नेताहरूको कार्यविभाजन छैन, तल्लो तहमा त झन् कमिटी नै छैन। यसले नेकपाभित्र ‘वेथिति’ मात्रै देखा परेको छ। जनवर्गीय संगठन तदर्थवादमा चलेकै लामो समय भयो। गत स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजनलगायत ११ वटा अन्य एजेण्डाको प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको थियो। तर, कार्यदलले कार्यविभाजन प्रस्तावमा प्रवेश नै नगरी अपूरो प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन अझै कार्यदलले बुझाइसकेको भने छैन। केन्द्रीय सदस्यलाई नै चिन्दैनन्

अचम्मको पक्ष भनेको नेकपाका अधिकांश केन्द्रीय नेताले आफ्नै समकक्षी कमिटीका नेतालाई चिन्दैनन्। औपचारिक रूपमा केन्द्रीय समिति बसेको छैन। परिचयात्मक कार्यक्रम पनि छैन। पार्टी एकताको दिन हस्ताक्षरका लागि मात्र प्रधानमन्त्री निवास पुगेका केन्द्रीय सदस्यलाई त्यसपछि १० जेठमा बालुवाटार नागरिकतासहित आउन भनिएको थियो। त्यसबेला पनि अध्यक्षद्वयले सामान्य विफ्रिङ गरी नेताहरूलाई फर्काएका थियो। उनीहरूले आपसी घुलमिल नै हुन पाएका छैनन्। विधानतः केन्द्रीय समिति ६ महिनामा बस्ने भने पनि बस्न सकेको छैन।

कार्यदलको समय नथपिने

नेकपाले संगठनात्मक कामको प्रस्ताव तयार पार्न कार्यदलको समय थप नगर्ने भएको छ। दुई अध्यक्षका बीचमा मंगलबार बालुवाटारमा भएको छलफलमा कार्यदलको समय थप नगरी आफैं प्रस्ताव तयार पार्ने गरी गृहकार्य सुरु भएको छ। नेकपा सचिवालयले २२ माघभित्र कार्यदललाई अपूरै भए पनि प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। त्यसपछि २५ माघमा कार्यदलले ३ पृष्ठको अपूरो प्रतिवेदन तयार पार्‍यो।

७ दिन अझै आफूहरूलाई काम गर्न समय उपलब्ध गराइदिन आग्रहसहित सचिवालयलाई बुझाउन कार्यदलले अपूरो प्रतिवेदन तयार पारेको छ। तर अझै शीर्ष नेतालाई प्रतिवेदन भने बुझाएको छैन। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार पनि कार्यदल संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग मौखिक रिपोट लिए। ओली(दाहालले मंगलबार तीन घन्टा लामो छलफलका क्रममा बीचमा थापा र पौडेललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइ रिपोट लिएका हुन्।

दाहालको सचिवालयका अनुसार, अध्यक्षद्वय अहिले संगठनात्मक एकतादेखि नेताहरूको कार्यविभाजनका विषयमा गृहकार्य गरिरहेका छन्। त्यही क्रममा उनीहरूले मंगलबार तीन घन्टा लामो छलफल गरेका हुन्। तीन दिनयता दुई अध्यक्ष दिनहुँ छलफलमा छन्। कार्यदलले अझै आफूहरूलाई थप समय दिन माग गर्न खोजे पनि अध्यक्षद्वयले समय नदिइ आफैंले प्रस्ताव तयार पार्न गृहकार्य थालेका छन्। ‘अब कार्यदलको समय थप हुँदैन, अध्यक्षद्वयले नै प्रस्ताव तयार पार्नुहुन्छ। त्यसलाई सचिवालयमा प्रस्तुत गरेर स्थायी समिति बैठकबाट अनुमोदन गराउने तयारी छ’ बालुवाटार स्रोतले भन्यो।