११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

सरकारी अस्पतालमा डाक्टरको दादागिरी ! बिमारीको खसी बोकाको जस्तै मोलमोलाई

सरकारी अस्पतालमा डाक्टरको दादागिरी ! बिमारीको खसी बोकाको जस्तै मोलमोलाई
अ अ+ अ-

काठमाडौं ।

मिति : २९ माघ २०७५, मंगलबार
समय : बिहान १०ः७
स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शर्यामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँदैन । निर्धारित समयमा अस्पतालमा आउनुपर्ने धेरै चिकित्सक अस्पतालमा देखिँदैनन् ।
अस्पतालका केही चिकित्सकहरू भने अस्पतालमा बेड नभएको बहाना बनाउँदै गम्भीर बिरामीलाई राम्ररी हेर्दै नहेरी निजी अस्पतालमा रेफर गर्न आतुर देखिएका छन् ।

बिरामीको उपचारमा दत्तचित्त भएर लाग्ने प्रमुख उद्देश्यका साथ यो पेसामा संलग्न अधिकांश चिकित्सक समयमा आएको देखिँदैन । यस्तै, व्यग्रता र निराशाबीच बिरामी र आफन्तले पटकपटक कति बजे चिकित्सक आउँछन् भन्ने प्रश्न त्यहाँ कार्यरत कर्मचारी, नर्स र सुरक्षागार्डलाई सोध्ने गरेको दृश्य त्यहाँ पुग्ने जोकोहीले पनि सजिलै सुन्न सक्छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले दिनहुँ भोग्ने यस्ता समस्याप्रति न चिकित्सक, न अस्पताल प्रशासन, न त सरकारले नै ध्यान दिएको पाइन्छ । अस्पतालका चिकित्सक र कर्मचारी सेवाको भावनाभन्दा पनि जागिर खाने र समय कटाउनेतर्फ बढी केन्द्रित भएको देखिन्छ ।
एक्कासि छाती दुख्ने समस्याबाट पीडित काठमाडौंकी ८१ वर्षीया रमिता श्रेष्ठ आइतबार बेलुकी अस्पतालमा भर्ना भएकी थिइन् । इमर्जेन्सी वार्डमा उनको उपचार भइरहको छ । उनलाई अस्पतालको बेडमा भर्ना गरेर उपचार गर्नुपर्नेमा अन्यत्रै रेफर गर्न अस्पताल प्रशासनले दबाब दिइरहेको छ ।

उनका आफन्त समित श्रेष्ठले भने, ‘के गर्नु इमरजेन्सीमा ल्याइयो । चिकित्सकले भर्ना गर्नुपर्ने भनेका छन् । तर, अस्पताल प्रशासनले अन्यत्रै रेफर गर्नुहोस्, भर्ना गर्ने ठाउँ छैन भनेका छन् ।’
बाहिर केही व्यक्तिहरू एम्बुलेन्स तथा ट्याक्सीनजिकै कुनै अस्पतालमा बिरामीलाई लैजान कुराकानी गरिरहेका देखिन्छन् । टिचिङले कतिबेला बिरामी रेफर गर्ला र त्यसरी रेफर गरिएका बिरामीका आफन्तसँग मोलमोलाई गरी आफ्नै अनुकूलको अस्पतालमा लैजान पाउँला भन्ने आसमा ती व्यक्तिहरू मोलमोलाई गरिरहेका देखिए । टिचिङकै कतिपय कर्मचारीहरूमाथि समेत बिरामी रेफर गरेर अन्य अस्पतालसँग कमिसन खाने गरेको आरोप लाग्दै आएको छ ।
त्यस्तै, काठमाडौं वसुन्धाराकी ६१ वर्षीया लक्ष्मी दाहाल मंगलबार बिहान १० बजेर आठ मिनेटमा अस्पताल आइपुगेकी थिइन् । उनको खुट्टा निकै सुन्निएको थियो । उनलाई लिएर आएका श्रीमान् अच्यूतप्रसाद दाहालले कहाँ जाने, कसरी सेवा लिने भन्ने भेउ नै पाउन सकेनन् । लगत्तै उनी हाडजोर्नी ओपीडीमा पुग्छन् । दाहालले पर्चा दिन खोज्दा डाक्टर झर्किन्छन् । ‘मलाई दिने होइन, उहाँलाई दिनुहोस्,’ भन्ने जवाफ फर्काउँछन् । यताउता भौतारिएपछि आधा घण्टा अर्थात् १०ः३७ मा लक्ष्मीको पालो आउँछ ।

लामो प्रयासपछि चिकित्सकले लक्ष्मीलाई एक्स–रे गर्न भन्छन् । उनका श्रीमान् एक्सरेका लागि हिमालय बंैकमा पैसा तिर्ने लाइन लाग्छन् । उनको पालो सात जनापछि आउँछ । त्यसपछि उनी एक्स–रेको रिपोर्ट लिएर श्रीमतीसहित १२ः१५ मा सम्बन्धित चिकित्सककहाँ पुग्छन् । लक्ष्मीले चिकित्सकसँग भनिन्, ‘पाँच दिन भयो खुट्टा असाध्यै दुखेको छ । बस्न, उठ्नसमेत अप्ठ्यारो हुन्छ ।’ तर, उपचारमा संवेदनशील हुनुपर्ने चिकित्सक फोनमा व्यस्त देखिन्छन् । अन्ततः उनी सबै प्रक्रिया पूरा गरेर तीन घण्टापछि अस्पतालको ढोकाबाहिर निस्कन्छन् ।

यसैगरी, तनहुँकी ४० वर्षीया रसिता मिया मिर्गौलामा समस्या भएपछि फलोअपका लागि बिहान ९ बजे आइपुगेकी थिइन् । उनले भनिन्, ‘अहिले सवा १२ बजिसक्यो, पालो नै आएन, हेर्नुस् त रु डाक्टरहरू पनि हुनुहुन्न । वार्डमा जानुभएको छ रे ।’
बिरामी लिएर आएका मदन रावतले भने, ‘कसैले कसैलाई वास्ता गर्दैनन्, यहाँ । केही सोध्यो भने झोक्किन्छन् मात्रै ।’ उपचारका लागि बिरामीहरू अस्पतालमा पुग्दासमेत चिकित्सकहरू समयमा सम्बन्धित ओपीडीमा नभेटिने गरेको आमगुनासो छ । जसकारण बिरामी अलपत्र पर्ने गरेका छन् । सरकारी अस्पतालमा आफ्नो समयमा उपस्थिति नहुने चिकित्सकहरू सोही समयमा आफ्नो ड्युटीलाई बिर्सिएर पैसाको लोभमा केही निजी अस्पतालतमा नै व्यस्त हुने गरेको गुनासो पीडितहरूले गरे ।

हाल सो अस्पतालमा २०२ चिकित्सक कार्यरत छन् । कर्मचारी प्रशासन शाखाले चिकित्सकहरूको कार्य ९ड्युटी० तालिका राखेको छैन । यसबाट पनि सहजै अनुमान गर्न सकिन्छ कि चिकित्सहरू नियमित रूपमा ड्युटीमा आउँदैनन् ।
वार्ड वार्डबाट मात्रै ड्युटी सेडुलबारे जानकारी हुने सो शाखाले जनाएको छ । इमरजेन्सी वार्डमा आउने बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरिएका थुप्रै उदाहरण छन् । भर्नाका लागि पर्याप्त बेड नहुँदा इमरजेन्सीमा आएका बिरामीलाई दैनिक रेफर गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

दैनिक आठदेखि १० बिरामीहरू रेफर हुने गरेको इमरजेन्सी वार्डले जनाएको छ । वार्डका प्रमुख डा। योगेन्द्रमान शाक्यका अनुसार इमरजेन्सीमा ६० बेड छन् । उनले भने, ‘दैनिक १३० बिरामी उपचारका लागि इमरजेन्सी कक्षमा आउनुहुन्छ । तर, करिब ६ सय बेड उपलब्ध छन् । बिरामीको चापलाई ध्यानमा राखेर १ हजार २ सय बेड अझै आवश्यक छ ।’ उपचारका लागि यहाँ आउनेको संख्या दिनप्रतिदिन बढ्दै गए पनि सो अनुसार बेडको संख्या नबढाउँदा बाध्य भएर बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने उनले बताए ।
हाल अस्पतालको इमरजेन्सी वार्डमा आएका कतिपय बिरामीलाई नेपाल मेडिकल कलेज, काठमाडौं मोडेल कलेज, पाटन मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा रेफर गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ ।