२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोला प्रथाको पहिलो दिनमा सर्वोच्चमा सुनुवाइ प्रभावित, कानुन व्यवसायीले उठाए प्रश्न



अ+ अ-

काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित हुन पुगेको छ । 

गोला तानेर पेसी तोकिएअनुसार इजलास बसिरहेकै बेला बार पदाधिकारीहरुले न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश नभएको अवस्थामा कसको नेतृत्वमा गोला प्रक्रिया अघि बढाइयो भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू इजसलाबाट फर्केका छन् ।

कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित हुन पुगेको हो ।  ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । 

नेपाल बार एशोसियसनले कामु प्रधानन्यायाधीश को हो ? भन्ने प्रश्न उठाएपछि न्यायाधीशहरू छलफलमा जुटेको बताइएको छ ।