४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतत्वको नेकपाबाट विभाजन भई नेकपा (क्रान्तिकारी) पार्टी गठन, उत्पादनसहितको शसस्त्र जनविद्रोह कार्यदिशा पारित



अ+ अ-

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ । 

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको भन्दै पुर्णत असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ। 

कार्यक्रममा बोल्दै प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी)को गठन गरेको जानकारी दिए । उनले विप्लव नेतृत्वको नेकपा पुर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमत संग्रह नामको चुनावमार्फत बैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेर पुर्णत असफल भैसकेको छ ।’ 

उनले फेरी क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे । शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट पुनः क्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने र सहिदका सपना पुरा गर्ने प्रतिबद्धता सहित पार्टी गठन गरिएको उनको भनाई थियो । नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै उत्पादनसहितको ‘शसस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुकौ एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको समेत केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे । 

उनले नेपाल कम्युनिष्ट पार्टीको ७२औं लामो इतिहासमा सयौं कम्युनिष्ट पार्टीहरुको उदय भएपनि जडसुत्रवाद र काल्पनिक कार्यदिशा बोकेर राष्ट्रघात, वर्गघात र जनघात गरेको समेत उनले आरोप लगाए । उनले २०७७ सालमा उनले विप्लवले सेना र सत्ता ३ बुंदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमतसंग्रह बाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने उनले धारणा राखे । पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आएको भन्दै उनले पार्टीको ३ पेज लामो अवधारण पत्र पढेर सुनाए ।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाईएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको छ । आत्मसमर्पणवाद, पलायनवाद, आत्मसुरक्षावाद र विर्सजनवादविरुद्ध शसक्त संषर्ष गर्दै उत्पादनसहितको सशस्त्र जनविद्रोहलाई नयाँ उचाईमा उठाउनको लागि उक्तपार्टीले अपिल गरेको र सोही नारा बोकेको छ ।