१५ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद देवकोटाको प्रश्न – भैसी कस्तो ब्यायो, दूध ककसले खायो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले केपी सरकारले हासिमजाक गर्दै एक वर्षे कार्यकाल बिताएको आरोप लगाएकी छिन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भनिन्, ‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ? ’

उनले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबारभित्र मात्रै पुग्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो १ दूध पनि दियो, पाडी पनि पायो १ ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।