१५ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने



अ+ अ-

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लाग्नु भएको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लाग्नु भएको अधिकारीहरुले जनाएका छन् ।

यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आउनु भएको थियो ।

मोदीको भ्रमणका क्रममा मोदी र मुनका बीचमा दुई पक्षीय सम्वन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले जनाएका छन् ।