२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग लाओस जोड्ने रेल्वे लाइन तयार, लाओस अब भूजडित देश



अ+ अ-

काठमाडौंः चीनको दक्षिणपूर्वको छिमेकी मुलुक लाओस भूपरिवेष्टित मुलुक हो, यसलाई भियतनाम, कम्बोडिया, थाइल्यान्ड, म्यान्मार र चीनले घरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुक लाओस र चीनको युनान प्रान्तको राजधानी शहर कुनमिङबीच झण्डै एक हजार किलोमिटर लामो रेल्वे लाइन निर्माण भएको छ । तिब्र गतिको रेल दौडाउन मिल्ने यो रेल्वे लाइन यही डिसेम्बर महिनाको शुरुमै उदघाटन हुँदैछ ।

यो रेल्वे लाइनले लाओसको राजधानी भिएन्टिनलाई जोड्ने छ । यो आयोजना चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कै एक भाग रहेको चिनियाँ संचार माध्यम सिजिटिएन टेलिभिजनले जनाएको छ ।

यो रेलसेवाको प्रारम्भसँगै लाओस अब भूपरिवेष्टित राष्ट्रबाट जमिनबाट एकअर्का मुलुकसँग जोडिएको मुलुक (ल्यान्डलिन्क्ड मुलुक) का रुपमा रुपान्तरण हुनेछ ।

लाओस सरकारले आफ्नो मुलुकलाई समृद्ध बनाउन र देशको अर्थतन्त्रलाई गतिशिल बनाउन यस रेल्वे लाइनको निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई मेकोङ नदीले काटेको छ र यो मुलुक अग्लाअग्ला पहाडले बनेको छ । यो मुलुकमा फ्रान्सेली उपनिवेश लामो समय रहेको थियो, र यहाँ बौद्ध धर्मशालाहरु छन् ।

हाल करिब ७४ लाख जनसंख्या रहेको यो मुलुक आर्थिक रुपमा पिछडिएको छ । युद्ध, गृहयुद्ध समेतका अनेक क्रान्ति र पीडाबाट गुज्रेको लाओसले २०औं शताब्दीको अन्त्यदेखि अपनाएको आर्थिक उदारीकरणपछि विदेशी लगानी भित्रिएको छ । लाओसमा सर्वाधिक ठूलो लगानीकर्ता मुलुक चीन नै रहेको छ ।