२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 5.14

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमा नाचगानमा रमाउँदै गरेकी किशोरीलाई उखुबारीमा लगेर जलाइयो



अ+ अ-

जनकपुर । उत्तरीपूर्वी धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलमा बिहीवार ११ वर्षीया रेश्मा रसाइली जलाएर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।


धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मगरटोलवासीहरु खेतमा काम गर्न जाने क्रममा गाउँ नजिककै उखुवारीमा किशोरीको आधा जलेको शव देखे पछि प्रहरीलाई सूचना दिएका थिए ।

बुधवार राती गाउँमै भएको विवाहमा स्थानीयले रेश्मालाई विवाहमा नाचगानमा रमाउँदै गरेको देखेका थिए। विवाहस्थलबाटै कसैले किशोरीलाई ललाईफकाई वा जर्बजस्ती उखुबारीतर्फ लगेको हुनसक्ने आशंका छ।