१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाको निश्कर्ष : ओली सरकारले भ्रष्टाचारी र दण्डहीनतालाई प्रशय दियो



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ ।

विवेकशील साझाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एक वर्षको अवधि निराशाजनक रहेको बताएको हो । पार्टिले सरकारले बाटो पहिल्याउन नसकेको कारण भ्रष्टाचार चुलिएको, दण्डहीनताले प्रशय पाएको, अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक रहेको, निजी क्षेत्र र लगानीकर्तामा उत्साह नभएको आरोप लगाएको छ ।

सरकार लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण गरेको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्‍याउन कुटनैतिक चातुर्यतामा पटकपटक चुकेको विवेकशीलको बताएको छ ।