१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणी गर्ने श्रीमान प्रहरीको खोरमा



अ+ अ-

डोटी । जबजस्ती करणी गरेको भन्दै आफ्नै श्रीमान विरुद्ध उजुरी दर्ता भएको छ । डोटी शिखर नगरपालिका ६ की एक महिलाले आफ्नै श्रीमान विरुद्ध उजुरी दिएकी हुन् ।

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको फागुन १ गते जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता भएको छ । महिलाको उजुरी पछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरि म्याद थपेर अनुसन्धान थालेको जनाएको छ ।