२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा जन्मियो माओवादी, जनविद्रोहको कार्यदिशा पारित



अ+ अ-

काठमाडौं । नेपालमा माओवादी जन्मिएको छ । ‘महान् जनविद्रोहको कार्यदिशा पारित गर्दै’ माओवादी जन्मिएको हो ।

तत्कालीन नेकपा माओवादी पार्टीका अध्यक्षसंग असन्तुष्ट गोपाल किराती लगायत नेताको समूहले जनविद्रोहको कार्यदिशा पारित गरेका छन् ।

माओवादी केन्द्रले ८ औं महाधिवेशन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति स्वीकृत गर्दै किरातीको अध्यक्षतामा ५४ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

संविधानको समाजवादी पुनर्लेखन र स्थानीय वर्ग–संघर्ष पार्टीको तत्कालीन कार्यनीति हुने अध्यक्ष किरातीले फेसबुकमा जनाएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अर्को माओवादी जन्मिन सक्ने भनेर दिएको अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चित बनेको थियो ।