वीरगन्ज । नेपाली काग्रेसमा आफ्नो छुट्टै छबि बनाएका कोईराला परिवारलाई वीरगन्जमा १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एउटै मालाले सम्मान गरिएको हो।
शनिबार कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो। फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् कोइराला परिवारका तीन नेता वीरगन्ज आएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा कोइराला परिवार एक भएको बताइन्। ‘हामी तीन कोइराला एक छौँ। भन्नेले जे भनुन टाउको दुखाउनु पर्दैन। हामी एक छौँ’, कोइरालाले भनिन्।