• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान

कैलालीमा भारतीय पक्षको गुन्डागर्दी, नौ फिट अग्लो कच्ची बाँध बनाउदा थारू बस्ती पूरै डुबान पर्ने खतरा



कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मा भारतले झन्डै नौ फिट अग्लो कच्ची बाँध बनाउदा यसको अनुगमन गर्ने निकाय बेखबर बनेका छन् । भारतले डोजर नै लगाएर दशगजादेखि केही भारततिर गहिरो नाली खन्दै अस्थायी बाँध बनाएर शिवरत्नपुरका सय परिवारको थारू बस्ती पूरै डुबान हुने गरी काम गरिरहदाँ समेत प्रशासन मैन बसेको हो

वडाध्यक्ष कैलाश चौधरीका अनुसार एक सातादेखि सिमामा डोजर नै लगाएर कच्ची बाँध निमाणमा भारत लाग्दा नेपाली भु -भाग जोखिममा पर्ने भन्दै अनुगमन गर्ने निकायलाई हारगुहार गरेका हुन्। प्रशासन ‘जिल्ला प्रशासन कार्यालय कैलाली, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसहित नेपाली प्रशासनलाई यसबारे कुनै जानकारी छैन’, वडाध्यक्ष चौधरीले भने, ‘हामीले हाम्रो शिवरत्नपुरको बस्तीमा बस्ने सय घरपरिवारलाई डुबानबाट बचाउन सहयामेग मागिरहेका छौ, यदि उक्त बाँध नभक्काएमा बस्ती डुबानमा पर्छ ’, वडाध्यक्ष चौधरीले भने।

उनका अनुसार भारतीय पक्षलाई । यति अग्लो कच्ची बाँध किन बनाएको भनेर सोधेपछि उनीहरूले वन विभागको आदेश भएकाले यस्तो गरेको बताएको बताएका छन् ।

शिवरत्नपुरसँग जोडिएको सीमा क्षेत्रमा दशगजाभन्दा झण्डै १० मिटर भारततिर दुधवा नेसनल पार्कमा भारतले गहिरो नाली खनेर त्यो नालीको माटो बाँधजस्तै थुप्रो बनाएको हो। १३ वर्षअघि दशगजामै खनिएको नाली अहिले पुरिएकाले उसले केही पर नाली खनेर नेपाललाई डुबान पार्ने सम्भावना रहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि यसबारे भारतीय पक्षले कुनै जानकारी नदिएको बताए। ‘डोकेबजारको भन्दा निकै अग्लो गरी खाली खनिएको थाहा पाएँ, त्यसबारे नेपाली प्रशासन, वन कार्यालय कसैलाई पनि भारतले जानकारी दिएको छैन’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।

यसअघि भारतीय पक्षले धनगढी गौरीफन्टा नाकानजिकै कञ्चनपुरको डोकेबजारमा मोहना–लालझाडी करिडोर नै अवरुद्ध हुनेगरी नालीसहित तारबार गरेको थियो। त्यसबेला नेपाली पक्षको विरोधपश्चात् केही दिन काम रोकिएपछि फेरि भारतले माथिको आदेश भन्दै २ किलोमिटरको नाली र तारबारको काम सम्पन्न गरेको छ।