३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा
अ+ अ-

जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो ।

भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो खलङ्गा रिम्ना सडकखण्ड । आठ वर्ष अघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन कार्यक्रम ९ड्रिल्पी ०अन्तर्गत निर्माण भएको उक्त सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जिर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय सरोकारवालाहरु बताउछन् । सडकमा परेका खाल्डाखुल्डी साँघुरो क्षेत्र र गुणस्तरहीन सडक संरचनाका कारण यो सडकको यात्रा सधै कष्टपूर्ण र जोखिमपूर्ण हुने गरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन्

बिहीबार गाडीमा यात्रा गर्ने यात्रुहरु धेरै सङ्ख्यामा नभएका कारण ठूलो मानवीय क्षति हुन पाएन । १३ जना सवार उक्त गाडीमा चार जनाको ज्यान गयो भने नौ जना घाइते भए । जाजरकोटका लागि अघिल्ला सडक दुर्घटनाको तुलनामा यो दुर्घटना सानो भए पनि सरोकारवालाहरुले सधै भइरहने सडक दुर्घटनाको कारण खोज्नुपर्ने स्थानीयवासी गगनबहादुर खड्का बताउनुहुन्छ ।

जाजरकोट सदरमुकाम खलङ्गा आसपासको सडकको अवस्था निकै जोखिमपूर्ण भए पनि सरोकारवालाहरुले कुनै चासो र ध्यान नदिएका कारण सडक यात्रा कष्टपूर्ण र जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले पनि बिहीबार साँझ रिम्नाको सडकबाट भेरीमा बस खस्नुका प्रमुख कारण अप्ठेरो सडक र तिव्र गति भएको बताउनुभयो ।

जाजरकोट–डोल्पा सडकअन्तरर्गत खलङ्गादेखि रिम्नासम्मको सडकखण्डको अवस्था निकै दयनीय भएको र जोखिमपूर्ण अवस्था भए पनि सडकको स्तरोन्नति गर्न स्थानीय जनता र सञ्चारकर्मीहरुले सडक डिभिजन कार्यालय चौरजहारी, स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायहरुमा बारम्बार विभिन्न माध्यमबाट ताकेता गरे पनि कुनै सुनुवाइ नभएको पीडितहरु बताउँछन् ।

आठ वर्ष अघि निर्माण गरिएको उक्त सडक वर्षातमा सधै बन्द हुने गरेको छ भने अन्य बेला पनि सडकको खाल्डाखुल्डी, साँघुरो मोड र बिग्रेको अवस्थाका कारण जोखिमपूर्ण तरिकाले गाडीहरु गुड्ने गरेको स्थानीयवासीको गुनासो छ ।

साना गाडी नै गतिलोसँग गुड्न मिल्ने अवस्था छैन झन ठूला बसलाई गुड्न के सजिलो हुन्छ र रु स्थानीय यातायात व्यवसायी प्रेमबहादुर रानाले बताए । “वर्षात्का बेला हिलो र खाल्डोमा गाडी फसेको बेला डोरी र ट्याक्टरले तान्नुपर्छ भने आजभोलि पनि निकै डराएर गाडीहरु चलाउनुपर्छ”, उहाँ भन्नुहुन्छ , “यो सडक कहिले पनि सुध्रिने जस्तो देखिदैन, कोही सुधार्ने निकाय पनि देखिदैनन् ।”

जाजरकोट–डोल्पा सडकको खलङ्गा रिम्नाखण्डको मात्र होइन खलङ्गा पाँच काटिया सडकको अवस्था पनि रिम्नाभन्दा कम छैन । सडक निर्माण भएको नौ वर्षसम्म बस चलाउन नसकिएको उक्त सडकमा पनि पानी परेको बेला गाडी गुडाउन मिल्दैन ।

सडक निर्माण गर्दा निकै गुणस्तरहीन काम हुनु र सडक स्तारोन्नति गर्नेतर्फ स्थानीय सरकार, केन्द्र सरकार र अन्य सरोकारवालाहरुले ध्यान नदिएका कारण खलङ्गा पाँचकाटिया सडक पनि जीर्ण र जोखिमपूर्ण रहेको कुसे ५ का डिल्लीबहादुर थापाले बताउनुभयो ।

सडक बनेको यत्रो वर्ष भयो न बस गुड्छ न सडकको स्तरोन्नति गर्न कोही कसिन्छन् थापाको गुनासो छ । गतिलो सडक नबनाउनु र बनेको सडक पनि कामै नलाग्ने जस्तो हुनु जनतामाथिको हाकाहाकी ठगी भएको उहाँले बताउनुभयो ।

यस्तै सदरमुकाम खलङ्गा बजार प्रवेश गर्ने नाकाको रुपमा रहेको मटेला पुलदेखि बोहोरा गाउँसम्मको सडकको अवस्था पनि जीर्ण छ । बोहोराको उकालो लाग्ने पासागाड खोलाको छेउमा कालोपत्रे सडकमा ठूलो खाल्डो परेको दुई वर्ष बिते पनि कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।

दुई वर्षसम्म उक्त सडकमा कति नेता हिडे कति कर्मचारी हिडे तर कसैले बिग्रेको सडक बनाउनेतर्फ ध्यान दिएनन श्रेष्ठको गुनासो छ । कालोपत्रे भत्किएर खाल्डो परेको पासागाड छेउको सडकमा परेको तालमा मोटरसाइकल डुब्ने गरेको र अन्य गाडीलाई पनि अप्ठेरो हुने गरेको उनले बताए ।

जाजरकोटबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफूले सांसदमा निर्वाचित भएको एक वर्षभित्र खलङगा– रिम्ना, खलङ्गा –पाँचकटिया र छेडाचौरदेखि थलह बजारसम्मको सडक कालोपत्रे गर्ने बाचा निर्वाचनका वेला गरेको थियो ।

मन्त्री बस्नेतको बाचाअनुसार कालोपत्रे हुने त के बिग्रेको सडकको गतिलो मर्मतसमेत नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको स्थानीयको आरोप छ । यता मन्त्री बस्नेतको बाचाअनुसार सडक विभागले ती सडकहरुमा कालोपत्रे गर्नका लागि टेन्डर आव्हानको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।

यस अघि २०७१ मङ्सिर ४ गते ५४ जना र २०७३ फागुन २६ गते २९ जनाको ज्यान जाने गरी भएका ठूला बस दुर्घटनाहरुका कारण गाडी दुर्घटनाको खबर सुन्ने बित्तिकै जाजरकोटवासीहरु निकै डराउने गर्छन् । खलङ्गा रिम्ना सडकमा मात्र रु २१ करोड रकम खर्च भएको छ ।