३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ
अ+ अ-

सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् ।

बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा छोरा चेलाइलाई सिरहाको छरापट्टी र कटहाको आधा गाउँ अंशमा दिए भने अर्का छोरा गुलाइले भटौरटैरर विनोदले कल्याणपुर गाउँ अंशमा पाए ।

उक्त् समुदायमा अंशमा पाएको र खरीद गरेको गाउँमा मात्र उत्पादन गरेको समान बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरीद गरेको गाउँमा चाडपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरीदारी गर्न पाउँछन् । आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताउनुभयो ।

उहाँका अनुसार, आफ्नै दाजु भए पनि अरुको अंशको गाउँमा कारोवार गर्न समेत पाइदैन । अन्यथा जरिवाना तिर्नुपर्छ । प्रायः ओत लाग्ने झुपडी बनाउने जमीनसमेत नहुने उक्त समुदायको सम्पति भनेकै अशंबापत पाएको र आफ्नै कमाइले खरीद गरेको गाउँमात्र भएको डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले बताउनुभयो ।

खुला बजार अर्थ नीतिअनुसार उत्पादित समान बजारमा निर्वाद रुपमा बिक्री गर्न पाइन्छ तर उतm नीति सो समुदायमा लागू भएको छैन । सिरहा कुर्वाका विरजु मरिकले आर्थिक समस्या परेपछि सिसवनी– १ का हरि मरिकलाई रु २५ हजारमा बन्धक राखेको कुर्वा गाउँ फुकुवा गराए । घरायसी समस्या टार्न प्राय क्रृण, सापटी पैँचो, अन्नपात, पशुपक्षी बेचबिखन गर्ने चलन भए पनि डोम समुदायले भने गाउँलाई नै बन्धक वा किनबेच गर्छन् ।

सिरहाकै विधानगर–६ का दरपि मरिकले चैनपुर बजारदेखि पश्चिम तिरको गाउँ सिसवनीकै हरि मरिकलाई रु ७० हजारमा बिक्री गरे । सिरहामा करीब दुई हजारको हाराहारीमा डोम समुदायको बसोवास रहेको एक तथ्याङ्कले देखाएको छ ।

यति मात्र होइन सन् २०१५ सम्ममा नेपाल सरकारले सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षाको घोषणा गरे पनि सिरहाका डोम समुदायका बालबालिकामा यो अभियान अझै छुन सकेको छैन । हातमुख जोड्न गाउँघर, शहर बजारमा शौचालय तथा ढल सफा गर्ने, सुङ्गुर बङ्गुरपाल्ने, बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका डोम समुदायले आफ्ना छोराछोरीलाई औपचारिक शिक्षा दिन सकिरहेका छैनन् ।

तराई–मधेसमा सबैभन्दा पिछडिएको डोम समुदायका बालबालिका आर्थिक विपन्नताका कारण विद्यालय जानबाट वञ्चित भएका हुन् । विद्यालय पढ्न कापी, कलम बोकेर जानुपर्ने उमेरमा यस समुदायका बालबालिका हातमा लठ्ठी लिएर सुङ्गुर बङ्गुर चराउन जान बाध्य छन् । सिरहाको उतरवर्ती क्षेत्रमा रहेको ढोढना गाविस–८ का १४ वर्षीय श्याम मरिकले किताबकापी किन्ने पैसा नभएपछि कसरी विद्यालय जान सकिन्छ भन्ने गुनासो गर्नुभयो ।

झापादेखि रौतहटसम्म १२ जिल्लामा बसोवास रहेको यो जातिलाई राज्यले नै उपेक्षा गरेको छ । ‘सदियौँदेखि जातीय विभेद्को शिकार बन्दै आएका डोम समुदाय सबै क्षेत्रमा पिल्सिँदै आएका दलित अधिकारकर्मी दीपेन्द्र पासवानले बताउनुभयो । राज्यले दिने सेवा सुविधा प्रवाहमा प्रभावकारी अनुगमन हुन नसक्दा त्यस्ता सेवा सुविधाबाट ती समुदाय वञ्चित रहँदै आएको जानकारी उहाँले दिनुभयो ।