९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरु काटेको आरोपमा बाबु–छोरा पक्राउ



अ+ अ-

धरान। सुनसरीमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–७ को बाँगेका धनबहादुर तामाङ र उनका छोरा गोपाल तामाङ रहेका छन् ।

बाबु–छोराले आफ्नै घरमा गोरु काटेर मासु बिक्री गर्न लागेको भन्दै बराहक्षेत्र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले बिक्री गर्न लागेको भनिएको ६० केजी गोरुको मासु पनि बरामद गरेको जनाएको छ । साथै बाबु–छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।

यसअघि धरानमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका थिए ।