१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल



अ+ अ-

नेपालगन्ज । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ ।

जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौँ र भरतपुर रिफर गर्दै आएको छ । सामान्य बिरामीमात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् । अस्पतालका प्रमुख विश्वराज पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन ।’ आजको नागरिक दैनिकमा खबर रहेको छ ।