२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल



अ+ अ-

नेपालगन्ज । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ ।

जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौँ र भरतपुर रिफर गर्दै आएको छ । सामान्य बिरामीमात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् । अस्पतालका प्रमुख विश्वराज पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन ।’ आजको नागरिक दैनिकमा खबर रहेको छ ।