काठमाडौं । हास्यकलाकार तथा संगीतकार भिम केसीले दोस्रो बिहे गरेका छन् । केसीले रियल लाईफमा रिल नभई लाईफमा विहे गरेका हुन् ।
जापानमा रहेका लोकप्रिय गायक सुर्य खड्का र कोरियामा रहेकी लोकप्रिय गायिका रमिला गौतमले क्या राम्री मार्फत केसीले बिहे गरेका छन् । सो गितमा बागलुङ र पोख्रेली मायाको कुरालाई निकै उत्कृष्ट रुपमा उठाइएको छ ।
सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको निकै सुमधुर सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गित जति सुने पनि सुनौ सुनौ लाग्ने खालको रहेको छ ।
लोकप्रिय गायिका प्रिति आलेको अभिनयले गितलाई अझ रोचक बनाएको छ । गितमा प्रितिलाई निर आले र हास्यकलाकार भिम केसी ,रन्जिता, अर्जुन ले अभिनयमा साथ दिएका छन ।
गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सुर्य खड्काले गितले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।
म्युजिक भिडियो हेर्नुहोस