१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण



अ+ अ-

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै वार्षिक योजना अन्तरगत डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । 

#DigitalDecember नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्ने बैंकले विश्वाश लिएको छ। यस एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।

डिजिटल डिसेम्बरको यस संस्करण QR भुक्तानी को प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई QR भुक्तानी गर्न र व्यवसायी हरुलाई QR बाट लेनदेन गर्न प्रोत्साहन गरेको छ। यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली QR व्यवसायीहरुले रु.५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली QR भुक्तानी गर्नुहुने ग्राहकले रु.५०० सम्मको ५०% क्यासब्याक जित्न सक्ने बैंकले जनाएको छ । 

साथै यस योजनाको अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत रु.१००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्ने छन् ।साथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिनासम्म सेवा नि:शुल्क पाउने छ ।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने छ।