२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति शर्मालाई जनताको साथ पोखरेली दिए ५१ हजार



अ+ अ-

काठमाडौं । लोकदोहोरीगायक पशुपति शर्मालाई पोखरा निवासी प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

आहारारा गोल्डकपबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा केसीले गायक र्शालाई प्र्रोत्साहन स्वरुप आफ्नो तलबभत्ता वापत ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

सांसद केसीले राष्ट्रको गहना कलाकारलाई हौसला प्रदान गर्नुपर्नमा सृजना नै मास्ने कार्यको विरोध समेत जनाए ।

गीतसंगीत मार्फत जनचेतना फैलाउँदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउँदै आएका कलाकारलाई प्रोत्साहन गर्नुपर्ने उनको जोड छ ।

‘लुटन सके लुट कान्छा ।।’ बोलको गीत यूटुव मार्फत दर्शक–श्रोतासमक्ष ल्याएका गायक शर्माले गीत विवादमा तानिएपछि स्वयं हटाएका छन् । राजधानी दैनिकमा खबर छ ।