३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन सम्पन्न

भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन सम्पन्न
अ+ अ-

रसुवा । जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका–२ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीच सम्पन्न भयो । ०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले संस्थापक मध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ ।

खतिवडा यस अघि तदर्थ समितिका सदस्य, सहसचिव, २ कार्यकाल सचिव हुँदै अध्यक्ष भएका हुन् । नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश : टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भूवनेश्वरी लामिछाने र गोपिनी परिवार चयन भएका छन् भने सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खडकमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल चयन भएका छन् ।

सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका केन्द्रीय महासचिव सरस्वती सुव्वालगायत उपस्थित अथितिले गरेका थिए । प्रमुख अथिति सुव्वाले मञ्चको चौथो सम्मेलनको व्यानर पढेर भूमि अधिकार मञ्चका अग्रज स्व.बलदेव राम र किसान आन्दोलनको नेता स्व.भीमदत्त पन्तको तस्विरमा माल्यार्पण गरी गरिएको थियो ।


मञ्चको सम्मेलनमा गाउँ भूमि अधिकार मञ्चका प्रतिनिधि तथा पर्यवेक्षक, जिल्ला मञ्चका पदाधिकारी तथा मञ्चको अभियानलाई सहयोग गर्ने अतिथिहरू र राष्ट्रिय भूमि अधिकार मञ्चका प्रतिनिधि र पर्यवेक्षक (महिला ३९, पुरुष ३६, दलित ८, जनजाति २९ र ब्राम्हण/क्षेत्री ३८) गरी ७५ जना सहभागी भएका थिए ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाको सम्मेलनमा अध्यक्षता मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटीले गर्नुभएको थियो भने प्रमुख अतिथि मञ्चका केन्द्रीय महासचिव सरस्वती सुव्बा थिए भने विशेष अतिथिमा मञ्चका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का संयोजक रमेश देवकोटा, कालिका गाउँपालिकाका उपाध्यक्ष एवम् मञ्चका पूर्व जिल्ला अध्यक्ष भवानीप्रसाद न्यौपाने र अतिथिमा मञ्चका पूर्व अध्यक्ष एवम् जिल्ला समन्वय समिति रसुवाका सदस्य चित्रकुमारी न्यौपाने, कालिका गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्पराज न्यौपाने, वडा नं. २ का कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायत सहभागी थिए ।

सम्मेलनमा मञ्चको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफल गरी पारित गरिएको छ । जिल्ला मञ्चको सम्मेलनले हेमनाथ खतिवडाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । रसुवा जिल्लामा रहेको बिर्ता, गुठी, भूमिहीन सुकुमबासी र विस्थापित परिवारको लागि भूमि अधिकारको सुनिश्चितता गर्नको लागि राज्यसँग वकालतिय अभियान जिल्ला मञ्चले गरिरहेको छ ।

मञ्चमा २२ गाउँ भूमि अधिकार मञ्चमार्फत ६ सय ११ परिवार सङ्गठित भएका छन् । मञ्चको अभियानको सफलतास्वरुप १ सय ७० परिवार बिर्ता पीडित किसानले १५ सय रोपनी बिर्ता जग्गाको लालपुर्जा लिएका छन् ।

यसबाट ५ सय बढी परिवार लाभान्वित भएका छन् । १ सय ३२ गुठी पीडित परिवारले मोही लालपुर्जा लिएका छन्, यसले उनीहरूले आफ्नो जोतभोग र बसोबास गर्दै आइरहेको जमिनको स्वामित्व लिनको लागि सहज हुनेछ । मञ्चले आफ्नै भूमिघर निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको छ भने भूमिघरमा तालिम केन्द्र पनि सञ्चालन गरी यसमार्फत आन्दोलन कोष वृद्धि गर्न सहयोग पुगिरहेको छ ।

भूमि अधिकार मञ्चले संयुक्त लालपुर्जा निर्माणको अभियान पनि अघि बढाई जिल्लामा हालसम्म ६ सय बढी परिवारले संयुक्त लालपुर्जा निर्माण गरी भूमिमा महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन् । यस्तै पछिल्लो समयमा मञ्चले भूकम्प पीडित परिवार, भूमिहीन परिवार र विस्थापित परिवारको पनि पुनर्निर्माणको अभियानमार्फत पुनर्निर्माण र पुनस्र्थापनामा अभियानको लागि वकालतीय अभियानमार्फत समस्यामा परेका परिवारलाई सहयोग गर्नको लागि अभियान गरिरहेको छ ।

जिल्ला भूमि अधिकार मञ्चको यस अवधिमा ४६ लाख ९६ हजार ११२ रुपियाँको कारोबार भएको प्रतिवेदन प्रस्तुती गरिएको थियो । हाल मञ्चमा १५ लाख ८३ हजार ३६९ रुपियाँ आन्दोलन कोषमा रहेको छ । मञ्चले अभियानको लागि कोष अभिवृद्धिको लागि भूमिघर तालिम केन्द्र सञ्चालन गरेको छ, विभिन्न समयमा चन्दा सङ्कलन, आन्दोलन कोष, कोष बाकस मार्फत रकम सङ्कलन र विभिन्न संस्थाद्धारा सहयोग भएको कार्यक्रममा मञ्चका टिम परिचालन भई बचत गरिएको रकमबाट मञ्चको कोष वृद्धि हुँदै गएको प्रस्तुतीकरण गरिएको थियो ।

जिल्लाका पाँच गाउँपालिका मध्ये चार गाउँपालिकामा बिभिन्न सवालका गाउँतहका संगठनबाट प्रतिनिधी समभागी थिए । सम्मेलनमा सहभागी हुँदै प्रमुख अतिथिको रुपमा मञ्चका केन्द्रीय महासचिव सरस्वती सुब्बाले बताईन् । उनले भूमि अधिकारबाट वञ्चित लाखौं परिवारले भूमि अधिकार अभियानसँग ठूलो आशा र भरोसा राखेका छन, त्यसैले गाउँ तहदेखि नै सङ्गठनहरू बलियो बनाएर भूमि अधिकार प्राप्तीको आन्दोलनलाई शसक्त बनाउन आवश्यक छ । उनले भनीन् अहिले देशमा विभिन्न कानुन तथा ऐनहरू निर्माण भइरहेको छ, यस सन्दर्भमा विभिन्न सरोकारवाला निकायमार्फत राज्यलाई दवाव दिनु आवश्यक छ ।

सम्मेलनमा सहभागी कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले भने मञ्चले जिल्लामा भूमिहीन, बिर्ता तथा गुठी पीडित किसान र भूकम्प पीडित परिवारको लागि पनि ठूलो सहयोगको काम गर्दै अघि बढेको छ ।

आन्दोलनकै फलस्वरुप कतिपय बिर्ता पीडितले जमिनको अधिकार पाए । विस्थापित बस्तीको पुनर्वासको प्रक्रिया अघि बढेको छ, यो ठूलो उपलब्धी हो । यही उपलब्धीलाई टेकेर भविष्यमा पनि मञ्चले मञ्चसँग आशा राख्ने र समस्यामा परेका किसानहरूलाई सहयोग गर्नु आवश्यक रहेको उहाँले बताए ।