२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
अ अ+ अ-

एजेन्सी ।सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः लामो समयसम्म महसुस गरिने छ ।

सन् २०२४ मा चर्चित केही घटनाहरू यहाँ प्रस्तुत गरिएको छ:

– मध्यपूर्व द्वन्द्व –

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटनाहरू सन् २०२४ मा मध्यपूर्वमा प्रतिध्वनित भएका छन् । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या अहिले ४५ हजार नाघेको छ र उत्तरी गाजा अनिकालको सङ्घारमा छ ।

इजरायलले हमासका नेता र अक्टोबर ७ मा मुख्य योजनाकार याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त ग¥यो । यद्यपि यसको रणनीतिक उद्देश्य–हमासलाई पराजित गर्नु–अधुरो नै रह्यो ।

अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण ग¥यो । इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित गर्यो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दियो ।

इजरायलले जुलाईमा तेहरानमा नयाँ इरानी राष्ट्रपतिको उद्घाटनमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको थियो । दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो । अक्टोबरको अन्त्यमा इजरायलको जवाबी हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर बनायो र यसको हवाई सुरक्षालाई ध्वस्त बनायो ।

सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायल विरुद्ध मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई एक गोप्य अपरेसनसँगै सजाय दियो । यस घटनामा दर्जनौँ हिजबुल्लाह कार्यकर्तालाई मार्न विस्फोटक पेजरहरू प्रयोग गरिएको थियो ।

दुई हप्तापछि इजरायली हवाई आक्रमणमा लामो समयदेखिका हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए । त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा आक्रमण गरी हिजबुल्लाह सेनालाई पछाडि धकेलेको थियो ।

हमास र हिजबुल्लाहको कमजोरीले सिरियामा टर्की समर्थित सेनाहरूलाई डिसेम्बरमा बशर अल–असदको सरकारलाई अपदस्थ गर्ने अवसर सिर्जना ग¥यो ।

दुई महिनाको खुला युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागु भयो ।

– बशर अल–असदको पतन –

सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम (एचटिएस) द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट मस्को भाग्न बाध्य हुनुभयो ।

दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो ।

देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसङ्ख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ । यद्यपि अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन् ।

असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ ।

इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र–नियन्त्रित बफर जोन पनि कब्जा गरेको छ ।

– रुस–युक्रेन द्वन्द्व –

सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु ग¥यो । यद्यपि युक्रेन पूर्वी युक्रेनमा लडाइँबाट मस्कोको सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा असफल भएको छ ।

रुसले घातक आक्रमणका साथ जवाफ दियो । किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रूसी सेनाको स्थिर प्रगति रोक्न सङ्घर्ष गरिरहेको छ ।

नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रूसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो ।

रुसले युक्रेनलाई आणविक वारहेड बिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो । साथै किएभले पश्चिमी हतियारले आक्रमण जारी राखे त्यस्ता आक्रमणहरू जारी राख्ने प्रतिबद्धता व्यक्त ग¥यो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिनुभएको छ ।

नोभेम्बरको अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण ग¥यो । हालैका सातामा रुसले दक्षिणी युक्रेनमा आक्रमणहरू बढाउँदा यस क्षेत्रमा नयाँ रूसी आक्रमणको डरलाई बलियो बनाएको छ ।

– युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक –

यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी सङ्घर्षमा परिणत ग¥यो ।

उत्तर कोरियालीहरू पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरूको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरूमा तालिमका लागि तैनाथ भएका थिए ।

रुसको कुर्स्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए । युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन् ।

– सुडान गृहयुद्ध –

सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो । लडाइँले जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मिलिशिया विरुद्ध खडा गरेको छ ।

यी दुई व्यक्तिले अक्टोबर २०२१ मा एक विद्रोहमा संयुक्त रूपमा सत्ता कब्जा गरेका थिए । दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार कुख्यात आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो नियन्त्रण कब्जा ग¥यो ।

सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठूलो आक्रमण सुरु ग¥यो । तिनीहरूले सहरका केही भागहरू पुनः कब्जा गरे तर आरएसएफ सेनाहरूलाई पूर्ण रूपमा हटाउन असफल भए ।

लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।

द्वन्द्वले लगभग पाँच करोड कूल जनसङ्ख्यामध्ये करिब एक करोड १० लाख मानिसलाई विस्थापित गरेको छ । एसएएफ र आरएसएफ दुवैलाई लडाइँ जारी राख्न सक्षम बनाउने शक्तिशाली बाह्य समर्थकहरू रहेकाले दुवैले आफू विजयी हुने विश्वास गर्छन् ।

– ट्रम्पको पुनरागमन –

डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई स्तब्ध पार्नुभयो । अमेरिकी राष्ट्रपति चुनाव जित्नका लागि धेरै कडा दौडको प्रक्षेपणलाई उहाँले गलत साबित गर्नुभयो ।

चुनावी अभियानबाट पछि हट्नुभएका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिनुभएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले सजिलै पराजित गर्नुभयो ।

चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास भएका थिए । ट्रम्प सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस फर्कनुहुनेछ ।

अमेरिकामा ट्रम्पको विजयले ‘अमेरिका पहिलो’ को पुनरुत्थानका साथसाथै अमेरिकालाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट फिर्ता लिने सम्भावना छ । ती संस्थाहरूलाई ट्रम्पले अमेरिकी करदाताहरूको पैसा खाएको ठान्नुहुन्छ ।

– जलवायु प्रकोप –

मौसम लगातार तातो हुँदै गइरहेको छ । वैज्ञानिकहरूले दशकौँदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन् । तथ्यहरूले तिनीहरूलाई समर्थन पनि गरेको छ ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढ्दै गएको छ । सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा त्यो स्तर उल्लङ्घन गर्नबाट रोक्न खोजेका बेला यो खतरनाक सङ्केत हो कि ।

बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन् । सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा मौसम सम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक१ अर्ब डलरको क्षति पुर्याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ । विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनका केही भाग सुकेको छ ।

आप्रवासनको अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार पश्चिम र मध्य अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा प्रहार ग¥यो । टाइफुन क्राथन ताइवानमा ठोक्कियो र आँधी बोरिसले मध्य युरोपमा बाढी र विनाश ल्यायो ।

टाइफुन यागी र बेबिन्काले एसियामा विनाश निम्त्यायो । अक्टोबरमा विनाशकारी भूमध्यसागरीय आँधीले पूर्वी स्पेनमा प्रहार गर्दा यसले दशकहरूमा यसको सबैभन्दा खराब बाढी निम्त्यायो र दुई सय ३० भन्दा बढी मानिसको मृत्यु भयो ।

डिसेम्बरमा चक्रवात चिडोले फ्रान्सेली ओभरसिज क्षेत्र मायोट्टलाई ध्वस्त पारेको थियो ।

जलवायु सम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही मात्र प्रगति गर्न सकेको छ । दिलीप अधिकारी/रासस