३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय
अ+ अ-

रामपुर । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ ।

रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय हिजोआज अभिभावक र विद्यार्थी दुबैको रोजाइ बन्न थालेको छ । प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी निशान सिग्देलले बताए । उनले भने – “मायालु वातावरणमा शिक्षकले पढाउनाले नै यो स्कुल मन पर्छ ।”

पाल्पाका दुई वटा विद्यालय नमूना विद्यालयमा छनौट भएका छन् । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा सरकारले नमूना विद्यालय छानेको थियो । यो विद्यालयलाई नमूना घोषणा गरिएको करीव ६ महिना पछि पाल्पाकै गंगा माध्यमिक विद्यालयले यो दर्जा पायो ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान तथा बाली विज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लामै धेरै विद्यार्थी सङ्ख्या हुनेमा दोस्रो स्थानमा छ । विद्यालयमा अहिले झण्डै दुई हजारको सङ्ख्यामा विद्यार्थी अध्ययनरत छन् । यहाँ अध्ययनका निम्ति पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट विद्यार्थी आएका छन् ।

सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि यस्ता विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए । उनका अनुसार स्याङ्जा, तनहुँ तथा नवलपुरजस्ता जिल्लाका अभिभावकले रामपुरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरीलाई यस्ता विद्यालयमा पढाउन आएका छन् ।

सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी बिहान घाम नलाग्दै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापक बेलुकासम्मै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताउनुभयो । उनले भने – “हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्मै खट्ने गरेका छन् । समय भन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्ने बित्तिकै सरहरु कक्षा कोठामा पस्नुहुन्छ । तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकमाथि कारवाही हुन्छ ।”

समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको अनुभव छ ।

विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकलाई खाली समयमा कम्प्युटर सिक्न लगाइन्छ । विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा सिके पनि त्यो शीपले कम्प्युटरमार्फत नै प्रश्नपत्र निकाल्न र अन्य काम गर्न समेत सहज भएको शिक्षक शान्ति रानाले बताए ।

रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको यो विद्यालय अहिले १४ वटा भवनमा सञ्चालित छ । विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालयमा अध्ययन गरेका धेरैजना विभिन्न सरकारी ओहदामा रहेको र यसक्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा विद्यालय परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई बताए ।

कुल ७५ जना शिक्षकले अध्यापन गराउने यस विद्यालयमा गत वर्ष मात्रै ३५० जना नयाँ विद्यार्थी भर्ना हुन आएका थिए । निजी र आवासीयबाट १५० जना विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ । अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन् ।