• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

कैदी बन्दी आन्दोलित भएपछि जिल्ला कारागार दिनभर तनाब ग्रस्त



भद्रपुर । जिल्ला कारागार झापाका कैदी बन्दी कारागार प्रशासन बिरूद्ध बिहानैदेखि आन्दोलित भएपछि जिल्ला कारागारमा दिनभर तनाब बढेको थियो । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदी बन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् ।

प्रशासक दाहालले कैदी बन्दीमाथि शोषण गरेको, विभिन्न बाहनामा कैदी बन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको, कारागार प्रशासनको खर्च कैदी बन्दीबाट असुल्ने गरेको, स्वास्थ्य उपचारमा कैदी बन्दीमाथि आर्थिकभार बोकाएको, १५ दिनमा पाउने कैदी बन्दीको स्केल समयमै उपलब्ध नगराएको लगायत १७ बुँदे माग राखी आन्दोलनमा उत्रेका हुन् ।

बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले दिएको जानकारी अनुसार प्रशासक दाहालले अमानवीय कार्य बढाएका कारण कैदी बन्दी आन्दोलित भएका हुन् ।

यता जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसी कैदी बन्दीका गुनासा सम्बोधन गर्न तथा आन्दोलन रोक्न तत्कालका लागि कारागार प्रमुख राजु दाहाललाई प्रशासनमा फिर्ता बोलाएर सो ठाउमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चुडाराज भट्टराईलाई पठाएएपछि कैदी बन्दीको आन्दोलन मत्थर भएको छ ।