• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

कोइराला परिवारमाथि किन खनिए देउवा ?



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।

देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए । कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए ।

कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति उनको राजनीतिक संस्कारअनुरूपकै भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो राजनीतिक संस्कारभित्र त्यसरी बोल्न मिल्दैन र बोल्न पनि सक्दिनँ,’ उनले कान्तिपुरसँग भने, ‘उहाँ पार्टी सभापति हो, मेरो सम्मान छ। उहाँले कस्तो राजनीतिक संस्कार सिक्नुभएको हो, उहाँले जान्ने कुरा हो।’

पार्टी सञ्चालनका विषयमा शेखर सुरुबाटै देउवाप्रति असन्तुष्टमध्येका नेता हुन्। सरकारको नेतृत्व गर्दा र पार्टी सञ्चालन क्रममा समेत कोइरालाले देउवाको एकल र गलत कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको हारपछि उनीसहितका नेता देउवाप्रति आक्रोशित थिए। अग्रिम महाधिवेशनको मागसमेत गरेका थिए।

निर्वाचनलगत्तै करिब ७० भन्दा बढी जिल्लाको भ्रमण गरेका कोइरालाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रूपमा प्रस्तुत गरिरहेका छन्। जिल्ला दौडमा हुने क्रार्यक्रममा समेत उनी देउवाको कार्यशैलीप्रति खरो रूपमा प्रस्तुत हुँदै आएका छन्।

शेखरसँगै पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेलसहितका नेता देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर सार्वजनिक रूपमै आलोचना गर्नेमा अग्रपंक्तिमा थिए। देउवाले केही समयअघि सार्वजनिक रूपमा आफूविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।

पार्टीमा क्रियाशील तीनै कोइरालालाई पाँच दिनअघि वीरगन्जमै जीपी कोइराला फाउन्डेसनले एउटै मञ्चमा राखेको थियो। महामन्त्री शशांक, शेखर र सुजाताले कोइराला परिवार एकढिक्का भएको सन्देश दिँदै देउवाको कार्यशैलीको विरोध गरेका थिए। ‘आफूमाथि विरोध भएपछि त्यही ठाउँमा आवेशमै सभापतिले विरोध गर्नुभएको हो, उहाँको स्वभाव र आनीबानी त्यस्तै छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आफ्नो विरोध खप्न नसक्ने र तत्कालै प्रतिक्रिया जनाउने बानीका कारण त्यस्तो अभिव्यक्ति आएको हुन सक्छ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।