३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर
अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने बाध्यता रहेको छ ।

गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, गोकुलेश्वर अस्पताल दार्चुलालाई १५ श्ययाबाट २५ श्यया र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई पनि २५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको प्रस्तावका आधारमा उक्त निर्णय मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

तर प्रदेशको मन्त्रिपरिषद्को निर्णय समेत कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयले फेरि सङ्घीय सकारकै मुख ताक्नु परेको छ । उक्त निर्णयको स्वीकृति, दरबन्दी सिर्जना र परिपूर्तिका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताउनुभयो ।


यसअघि संरचना, श्यया, जनशक्ति र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने पनि प्रदेशस्तरमा निर्णय भयो । प्रादेशिक अस्पतालको बोर्ड लगाउनका लागि सामाजिक विकास मन्त्रालयले सेती अञ्चल अस्पताललाई निर्देशन पनि दियो र बोर्ड पनि तयार भयो । त्यस्तै उप क्षेत्रीय अस्पताल डडेल्धुरालाई भने उप–प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको नाम पनि परिवर्तन गर्दै भीमदत्त पन्त अस्पताल बनाउने पनि प्रदेशस्तरमा निर्णय भयो । तर जनशक्ति र बजेट व्यवस्थापनका लागि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने भएकाले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन गरिएको छैन् ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरेटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले परिपक्क निर्णय नभएकाले कार्यान्वयनमा समस्या आएको बताउनुभयो । सङ्घीय सरकारले सुदूरपश्चिमभरमा रहेका सबै अस्पताल र स्वास्थ्यचौकी प्रदेश सरकारलाई महीनांै अगाडि हस्तान्तरण गरिसकेको छ । उप–क्षेत्रीय अस्पताललाई पनि हस्तान्तरण गरिसकेकोमा उप क्षेत्रीयको केन्द्रीय अस्पतालमा स्तरोन्नति भएसँगै फेरि सङ्घीय सरकारकै मातहतमा गइसकेको छ ।

तर प्रदेश सरकारको मातहतमा रहेका अस्पतालको विषयमा गरिएका सबै निर्णय कार्यान्वयनका लागि पनि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने अवस्थाले समस्या भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हमालले बताउनुभयो । प्रदेशभरीका सबै स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेशले बजेट व्यवस्थापन गर्न नसक्ने भएकाले सङ्घीय सरकारकै भरपर्नुपर्ने देखिएको हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“परिपक्क निर्णय नहुँदा यहाँका तीन अस्पताल र एक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको निर्णय कार्यान्वयनमा पनि समय लाग्ने देखिन्छ ।” नाममै सीमित उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई शुरुमा प्रदेशको मातहतमा पठाएको सङ्घीय सरकारले फेरि स्तरोन्नति गर्दै सङ्घीय सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ ।

उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न सङ्घीय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । तर कागजमा प्रदेशभरीकै सबैभन्दा ठूलो उपक्षेत्रीय अस्पताल भनिए पनि उपक्षेत्रीयकै दरबन्दी अनुसारका चिकित्सक नहुँदा सङ्कटमा परेको छ । अहिलेसम्म पुरानो टिम अस्पतालकै संरचनामा सञ्चालन रहेको उक्त अस्पताल नाममा मात्रै स्तरोन्नति भएकाले फेरि स्तरोन्नति गर्ने निर्णय कार्यान्वयमा आशङ्का बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सुवास लामिछानेले बताउनुभयो ।

सुदूरपश्चिमभरी रहेका अस्पतालमा विगतमा सङ्घीय सरकारको हेपाह प्रवृत्तिकै कारण न दरबन्दी अनुसारका चिकित्सक भए, न अस्पतालको स्तरोन्नति भयो, न उपकरण नै पठाइएको भन्दै स्थानीयवासी आक्रोशित हुन थालेका छन् ।