१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’



अ+ अ-

जनकपुरधाम । ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दुकमा थुनिएको छ। सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन्। यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायत राज्यका सेवा–सुविधाबाट वञ्चित छिन्।

उनका छोरो मुनेश्वरले रामअशिष यादवकहाँ बुवाको नागरिकता बन्धकी राखेर २ हजार ऋण लिएका थिए। तर, उनले पैसा फिर्ता गर्न सकेनन्। नागरिकता फर्किएन। ‘साहु–महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका-२ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ। वरिपरि पक्की भवन ठडिएका छन्। मुसहर समुदायलाई भने वर्षौंदेखि रोग, भोक र शोकले सताएको छ। त्यसमध्ये पनि विपन्न छ सिरवती परिवार। सम्पत्तिका नाममा भएको नागरिकता पनि बन्धकीमा राख्नुपर्‍यो। नागरिकता नहुँदा सिवरतीजस्ता वृद्धा सरकारी सुविधाबाट वञ्चित छन्। ‘नागरिकतै नै है त वृद्धा पिल्सिन कतसँ भेटत’, मैथिलीमा उनले भनिन्। यसको अर्थ ‘नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ रु ’ हो। गाउँघरमा ठेट भाषामा भत्तालाई ‘पिल्सिन’ भन्छन्।

मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए। ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, उनले भनिन्, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन।’

सिवरतीले दशकअघि श्रीमान् गुमाइन्। हमिनी पखाला लागेर बिरामी परेका थिए। उनको उपचारका लागि सिवरती गाउँभरि भौतारिइन् तर सहयोग पाइनन्। थला परेको एक महिनामा बिरामीको ज्यान गयो। श्रीमान्को अन्तिम संस्कारका लागि उनले दुई धुर जग्गामध्ये एक धुर २५ हजार रुपैयाँमा बेचिन्। ‘मर्दा पनि समाजले छाड्दैन’, उनले दुखेसो पोखिन्, ‘ श्रीमान् मर्दा घडेरी बेचेर जातभरिलाई भोज खुवाउनुपर्‍यो।’

सम्पत्तिका नाममा अब एक धुर घडेरी छ। चार पुस्तादेखि उनको परिवार यहीं बसोबास गर्दै आएको छ। तर, घडेरीको लालपुर्जा छैन। सिवरतीका साथमा जेठो छोरो अघनु, बुहारी सुभद्रा र दुई नातिनी कविता र अमृता बस्छन्। सिवरती दम्पतीका अघनु, मुनेश्वर र जुगेश्वर तीन छोरा थिए। कान्छोले आत्महत्या गरे। मुनेश्वर ऋण तिर्न नसक्दा १० वर्षदेखि घर फर्किएका छैनन्। अघनु २० वर्षअघि कमाउन पञ्जाव गएका थिए। उनी त्यतै मानसिक रूपमा विक्षिप्त भए। परिवारले खर्च अभावमा उनको उपचार गर्न सकेन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।